प्रधानमन्त्री ओली नक्सा विवादमा परेका बेला सेनाको राष्ट्रवादी भिडियो सार्वजानिक (भिडियोसहित)

डिसी नेपाल
७ कार्तिक २०७७ २०:४७
9.4k
Shares

काठमाडौं । नेपाली सेनाले म देश हुँ भन्दै भारतद्वार अतिक्रमित नेपाली भूमिलाई हाइलाइट गर्दै एउटा नयाँ भिडियो सार्वजानिक गरेको छ।

संयोग पनि कस्तो परेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको दशैंको शुभकामना सन्देशमा नेपालको संशोधित नक्सा नराखिएको विवाद आएकै सन्दर्भमा सेनाको यो भिडियो सार्वजानिक भएको हो।

भारतीय गुप्तचर संस्थाका रअका प्रमुख सामन्तकुमार गोयललाई भेटेलगत्तै जारी प्रधानमन्त्री ओलीको बडा दशैंको शुभकामना सन्देशमा प्रयोग भएको निशान छापमा भारतद्वारा अतिक्रमित नेपाली भूमिको चुच्चो देखिएको छैन।

सोही दिन सेनाले जारी गरेको दुईमिनेट ४ सेकेण्डको भिडियोमा भने त्यही भूमि रक्षाका लागि सेनाले प्रतिबद्धता जाहेर गरेको उल्लेख छ। नेपाली सेनाको आधिकारिक ट्वीटर ह्याण्डलबाट सप्तमीको दिन जारी सो भिडियोको शीर्षक ‘यो मेरो देश हो’ राखिएको छ। उपरथी प्रेम शाहीद्वारा लिखित कवितालाई भिडियो बनाई एउटा सिपाहीका छातीलाई देशको जमिनसँग तुलना गरिएको छ।

नेपाली सेनाका सकल दर्जालाई देशभक्तिमा थप उत्प्रेरण गर्ने उद्धेश्यले जारी सो भिडिओमा नेपालको नक्सामा केही समयअघि समेटिएको भारतबाट अतिक्रमित नेपाली भूमिलाई हाइलाइट गर्दै भनिएको छ, ‘लिम्पियाधुरादेखि कञ्चनजंघासम्म, पशुपतिनगरदेखि, टनकपुरसम्म रक्षा मेरो कर्म हो ।’ भिडिओमा सैनिक शरीरलाई राष्ट्रसँग दाजेर आफ्नो शरीरकाको रक्षाका लागि सेनाको दृढता झल्काइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *