जनकपुरमा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु
सांकेतिक तस्वीर
धनुषा । जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ। जनकपुर उपमहानगरपालिका–१ बस्ने ति महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजयकुमार झाले जानकारी गराए।
एकाएक ज्वरोका साथै श्वास प्रश्वासमा कठिनाइ भएपछि ति महिलालाई शुक्रवार बिहान सो प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । उनको श्वाबको सोही दिन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । ति महिला उच्च रक्तचाप, मधुमेह र दमरोगबाट पीडित रहेको निमित निर्देशक झाले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment