रौतहटमा प्रथम गाउँस्तरीय फुटसल प्रतियोगिता सम्पन्न

डिसी नेपाल
९ कार्तिक २०७७ २१:२४
56
Shares

रौतहट । श्री हिमालीबास फुटसल युवा क्लबद्वारा आयोजित प्रथम गाउँ स्तरीय फुटसाल प्रतियोगिताको उपाधि युथ स्टार हिमालीबास युवा क्लब निलोले जितेको छ।

रौतहटको फतुवा विजयपुर ११ स्थित मैदानमा भएको फाइनल खेलमा हिमालिबास फुटसल युवा क्लब रातोलाई युथ स्टार हिमालीबास युवा क्लब निलोले ३–२ गोलले पराजित गर्दै च्यायम्पियन बन्यो । युथ स्टार हिमालीबास युवा क्लबका दिवस श्रेष्ठले २ र विवस श्रेष्ठले १ गोल गरे भने हिमालिबास फुटसल युवा क्लबका मादुले र सरोज भुजेलले १–१ गोल गरे।

युथ स्टारका दिवस श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए । उनले प्रतियोगितामा सर्वाधिक ८ गोल गर्दै प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि पनि प्राप्त गरेका छन् साथै नगद १५०० नगद पुरस्कार हात पारे।

उपाधिसंगै युथ स्टारले १२ हजार नगद पुरस्कार,प्रमाणपत्र र मेडल हात पर्यो भने हिमालिबास फुटसल युवा क्लबले प्रमाणपत्र र मेडल हात पर्यो।
विजेतालाई प्रमुख अतिथि पवन तिमल्सिना र सभापति डा अर्जुन श्रेष्ठले दुवै टिमलाई पुरस्कृत गरे ।

दशैँको फूलपातीदेखि सुरु प्रतियोगितामा ४ टिम सहभागी थिए । प्रतियोगितामा अम्पायरको भूमिका समिर भुजेलले गरेका थिए भने साइड अम्पायरको रुपमा अनिल श्रेष्ठ रहेका थिए भने कार्यक्रम को सन्चालन युवा समाजसेवी एन के शरद ले गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *