आईपीएल : हैदराबाद सनराइजर्स र दिल्ली क्यापिटल्सबीच रोचक भीडन्त
काठमाडौं। आइपीएलको १३ औं सीजनको ४७ औं खेल सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सबीच आज साँझ दुबईमा खेल हुँदैन। हैदराबादलाई खेलमा टिकिरहनका लागि जसरी पनि खेल जित्नै पर्ने हुन्छ। उता दिल्ली क्यापिटल्स यो खेल जितेर प्ले अफमा आफ्नो स्थान सुरक्षित गर्ने दाउमा छ।
दिल्लीले टुर्नामेन्टमा अहिलेसम्म ११ खेलमा ७ खेलमा जित हासिल गरेको छ भने चार खेलमा पराजय व्यहोरेको छ। दिल्ली अंक तालिकामा दोस्रो स्थानमा छ। यस्तो अवस्थामा दिल्लीलाई प्ले अफमा पुग्नका लागि तीन खेलमा एक तीज आवश्यक पर्छ।
तर अघिल्ला दुई खेलमा कोलकता नाइट राइडर्स र किंग्स इलेभव पंजाबसँग पराजित हुनु परेको थियो। दिल्लीका कप्तान श्रेयस अय्यर यो खेल जित्ने दाउमा छन्।
हैदरावादका लागि यो खेल गरो या मरो को अवस्थामा छ। यो टीमले यो सीजनमा अहिलेसम्म ११ खेलमा मात्र ४ खेल जितेको छ भने ८ अंकसहित अंकतालिकामा ७ औं स्थानमा छ। हैदराबादले प्लेअफमा पुग्नका लागि तीन खेल जित्नु पर्ने हुन्छ। त्यसपछि पनि उसलाई बाँकी टीमको नजितमा निर्भर रहनुपर्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment