नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठक शुक्रबार बस्ने
काठमाडाैं। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार अपराह्न पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने भएको छ।
पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुने पार्टीले अनुरोध गरेको छ।
यसअघि पार्टीका केही केन्द्रीय सदस्यलाइ काेराेना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएकाे थियाे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment