काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण पुष्टि

डिसी नेपाल
१४ कार्तिक २०७७ ६:३३
52
Shares

काठमाडौं। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रजिअ दाहालले बिहीबार गृहमन्त्रालयमा आफू र आफ्नी धर्मपत्नीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका थिए।

गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले दाहालले बिहीबार कोरोना पुष्टि भएको जानकारी दिएको बताए।

उनका अनुसार बिहीबार सिडिओ दाहालले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गृह मन्त्रालयमा दिएका हुन्। उनी अहिले होम आइसोलेसनमा बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *