विश्वमा कोरोना : २४ घण्टामा ५ लाख ७३ हजार संक्रमित थपिए, अमेरिकामा मात्र १ लाख १ हजार बढी

डिसी नेपाल
१५ कार्तिक २०७७ ७:१०
84
Shares

गत २४ घण्टामा अमेरिकामा १ लाख १ हजार बढी कोरानोका संक्रमितहरु थपिएका छन्। अथ्यांक अनुसार अमेरिकामा कोराना संत्रमित हुनेको संख्या ९३ लाख १६ हजार १ सय भन्दा धरै रहेको छ। अमेरिकामा १ लाख १ हजार कोरोनाका संक्रमित थपिएसँगै विश्वमा एकैदिनमा ५ लाख ७३ हजार ५ सय ९ कोरोनाका विरामीहरु थपिएका हुन्।

गत २४ घण्टामा अमेरिकापछि फ्रान्समा सबैभन्दा धेरै कोरोनाका संक्रमितहरु थपिएका छन्। वल्र्डोमिटरको तथ्यांक अनुसार फ्रान्समा ४९ हजार २ सय १५ जना कोरोनाका विरामीहरु थपिएका हुन्। योसँगै फ्रान्समा कोरोनाबाट संक्रमित हुनेको संख्या १३ लाख ३१ हजार ९ सय बढिरहेको छ।

भारतमा पछिल्ला केहीदिन यता कोरोना संक्रमित हुनेको संख्या घट्दो छ। गत २४ घण्टामा भारतमा ४८ हजार १ सय २० कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८१ लाख ३६ हजार १ सय बढीरहेको छ। हालसम्म भारतमा कोरोनाका कारण १ लाख २१ हजार भन्दा धेरैले ज्यान गुमाई सकेका छन्।

कोराना मुक्त भएको इटालीमा पुनः कोरोनाको संक्रमण बढ्दो क्रममा रहेको छ। गत २४ घण्टामा मात्र इटालीमा ३१ हजार बढी कोरानाका संक्रमितहरु भेटिएका छन्। स्वास्थ्य क्षेत्रमा अब्बल मानिने इटालीमा कोरोनाले पुनः टाउको उठाएको हो। हालसम्म इटालीमा कोरोनाका संक्रमणका कारण ३८ हजार भन्दा धेरैले आफ्नो ज्यान समेत गुमाएका छन्।

यूरोपकै अर्को देश स्पेनमा पनि कोरोनाले पुनः टाउको उठाएको हो। एकपटक कोराना मुक्त भएका यूरोपका धेरै देशहरुमा कोरोनाले आफूलाई पुनःस्थापित गर्ने कोशिस गरिरहेको छ। स्पेनमा गत २४ घण्टामा २५ हजार ५ सय भन्दा धेरै कोरोनाका संक्रमितहरु थपिएका छन्। हालसम्म कोरोनाका कारण ३५ हजार भन्दा बढीको मृत्यु भइसकेको स्पेनमा १२ लाख ६४ हजार ५ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *