विप्लव समूह नेकपाकी ललितपुर सेक्रेटरी पक्राउ

डिसी नेपाल
१६ कार्तिक २०७७ ९:३९
96
Shares

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारद्वारा प्रतिबन्धित छ। प्रतिबन्धित रहेकै अवस्थामा विप्लवका नेता तथा कार्यकर्ताले सरकार विराेधि गतिविधि पनि निरन्तर गरिरहेका छन्।

आइतबार ललितपुरमा प्रहरीले सरकारद्वार प्रतिबन्धित नेकपा ललितपुर सेक्रेटरीलाई पक्राउ गरेकाे छ। ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्की दिएको आरोपमा नेकपा ललितपुर सेक्रेटरी सावित्रा अधिकारी (विदूषी)लाई महानगरीय प्रहरी ललितपुरले पक्राउ गरेको हो।

सरकारका विरूद्ध काेण सभा गर्न तयारी गरिरहेका बेला झण्डा र ब्यानरसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गत जेठ महिनामा ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईलाई धरपकड गर्ने चेतावनी दिएपछि प्रहरीले अधिकारीको खोजी गरिरहेको जनाएकाे छ।

गत जेठमा प्रहरीले जिल्ला सदस्य सानुराज बज्राचार्यलाई पक्राउ गरेपछि अधिकारीले एसएसपीलाई धम्की दिएको प्रहरीले जनाएकाे छ। विप्लव समूहकाे ललितपुर सेक्रेटरी पक्राउ गर्नु प्रहरीले उपलब्धी ठानेकाे छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *