नेपालसँगको सीमामा सीमांकन गर्न उत्तराखण्डमा भारतको केन्द्रीय नापी विभाग बोलाइने
काठमाडौं। भारतको उत्तराखण्ड राज्यमा रहेको चम्पावत जिल्ला प्रशासनले नेपालसँग जोडिएको सीमा क्षेत्रमा देखिएका समस्या सुल्झाएर सीमांकन गर्न भन्दै भारतको केन्द्रीय नापी विभाग सर्वे अफ इण्डिया (एसओआइ)लाई बोलाउने तयारी गरेको छ । जिल्लाका अधिकारीहरुले द न्यू इण्डियन एक्सप्रेससँग कुरा गर्दै भारतको नापी विभागले नेपालको नापी विभागसँग सहकार्य गरेर यो समस्या सुल्झाउने तयारी गरिएको बताएका छन् ।
चम्पावत जिल्लाको टनकपुर सब डिभिजनका मजिस्ट्रेट हिमांशु कफ्तालियाले भने ‘नापी विभागलाई सहयोगको लागि आग्रह गर्दै जिल्ला प्रशासनको तर्फबाट पत्र पठाइनेछ ।’ केही समयअघि नेपालीहरुले सीमावर्ती क्षेत्रमा बनाएका २३ काठ र कंक्रिटका संरचनाहरुलाई भारतीय पक्षले ‘नो मेन्स ल्याण्ड’मा बनाइएको दावी गरेको थियो । तर, नेपालले त्यो क्षेत्र नेपालकै भएको प्रस्ट पारेपछि यो विषय विवादित भएको छ । यो क्षेत्र करिब १५० वर्गमिटरको भएको बताइएको छ । यो क्षेत्र नेपालीले आफ्नो भएको बताएका छन् तर भारतीय पक्षले भने यो क्षेत्र नो मेन्स ल्याण्ड भएको दावी गर्दै आएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment