मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतर्फ लैजानु हो, म राजीनामा दिन्न : प्रधानमन्त्री ओली

डिसी नेपाल
१९ कार्तिक २०७७ १४:३४
240
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा दिए देश बर्बादीतर्फ जाने भन्दै राजीनामा नदिने बताएका छन्।  बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिए देश बर्बादीतर्फ जाने दाबी गरेका हुन्।

‘तपाईँहरु नै भन्नुस् के मैले अहिले राजीनामा दिनुहुन्छ? मेरो लागि होइन, देशका लागि,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतर्फ जान दिनु हो। त्यस कारण म राजीनामा दिने वाला छैन।’

आफू प्रधानमन्त्री आफ्नो रहरले नभइ जनताको चाहनाले गर्दा बनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफू कुनै जाल झेल र टिकडमले प्रधानमन्त्री नभएको व्यापक जनसमर्थले प्रधानमन्त्री बनेको भन्दै उनले सरकार फेरिन्छ कि भन्ने हल्लाका पछि नलागी काम गर्न आग्रह पनि गरे।

‘सरकार ढाल्न धेरै थरीले धेरै प्रकारको कोशिश गरे,’ उनले भने, ‘बाहिर, भित्र जे मा पनि आलोचना गर्ने प्रवृत्तिहरु छन् त्यसबाट प्रभावित नहोऔं।’

अस्थिरताको खेती गर्नेहरुले देशलाई अस्थिरतातर्फ धेलेल्ने प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले देशको स्थिरतका लागि काम गर्ने दाबी गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *