महरा पत्नीको निधनबाट मर्माहत छु : सभामुख

डिसी नेपाल
१९ कार्तिक २०७७ १४:५२
84
Shares

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महाराकी पत्नी सीताको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्। आज एक विज्ञप्ति जारी गर्दै उनले स्व महराप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन्।

सभामुख सापकोटाले विज्ञप्तिमा भनेका छन्, “स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको आफूले जानकारी पाएको थिएँ, स्वास्थ्यलाभ गरेर फर्कनुहुने विश्वास थियो । तर, आज बिहान दुःखद् निधन भएको खबरले स्तब्ध बनाएको छ ।” महरापत्नीको आज बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *