विश्व टेनिसमा एक हजार जित हासिल गर्ने नाडाल चौथो खेलाडी

डिसी नेपाल
२१ कार्तिक २०७७ १८:११
32
Shares

काठमाडौं । स्पेनका राफायेल नाडाल विश्व टेनिसमा खुला युग सुरु भएदेखि एक हजार जित हासिल गर्ने चौथो खेलाडी बनेका छन् । पेरिस मास्टर्सको दोस्रो चरणमा फेलिसियानो लोपेजलाई ४–६,७–६,६–४ ले पराजित गर्दै नाडाल आफ्नो ब्यबसायिक खेल जीवनको एक हजारौ जित दर्ता गर्न सफल भएका छन ।

विश्व टेनिसमा यस अघि एक हजार जितको कोशेढुंगा पार गर्ने खेलाडीमा २० पटकको ग्रान्ड स्ल्याम बिजेता जिमी कॉनर्स,रोजर फेडरर र इभान लेन्डल छन् । विश्व टेनिसमा सन् १९६८ देखि खुल्ला युग सुरु भएको मानिन्छ। अहिले सम्म पुरुष खेलाडी मात्र १,००० जितको कोशेढुंगा पार गर्न सफल भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.