विश्व टेनिसमा एक हजार जित हासिल गर्ने नाडाल चौथो खेलाडी
काठमाडौं । स्पेनका राफायेल नाडाल विश्व टेनिसमा खुला युग सुरु भएदेखि एक हजार जित हासिल गर्ने चौथो खेलाडी बनेका छन् । पेरिस मास्टर्सको दोस्रो चरणमा फेलिसियानो लोपेजलाई ४–६,७–६,६–४ ले पराजित गर्दै नाडाल आफ्नो ब्यबसायिक खेल जीवनको एक हजारौ जित दर्ता गर्न सफल भएका छन ।
विश्व टेनिसमा यस अघि एक हजार जितको कोशेढुंगा पार गर्ने खेलाडीमा २० पटकको ग्रान्ड स्ल्याम बिजेता जिमी कॉनर्स,रोजर फेडरर र इभान लेन्डल छन् । विश्व टेनिसमा सन् १९६८ देखि खुल्ला युग सुरु भएको मानिन्छ। अहिले सम्म पुरुष खेलाडी मात्र १,००० जितको कोशेढुंगा पार गर्न सफल भएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment