बैठक बोलाउन प्रचण्ड समूहको लिखित प्रस्ताव, ओलीले जवाफ दिएनन्

डिसी नेपाल
२२ कार्तिक २०७७ १४:५३
108
Shares

काठमाडौं। नेकपामा देखिएको विवादकाबीच प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली शर्मा इतर समूहले पार्टीको स्थायी कमिटी र सचिवालय बैठक बोलाउन लिखित प्रस्ताव गरेको छ। शनिबार बालुवाटार पुगेर अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले लिखित प्रस्ताव गरेका छन्।

शुक्रबार पनि यी पाँचजनाको उपस्थितिमा पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बसेको थियो। बैठकले बालुवाटार पुगेर ओलीसँग बैठक बोलाउन लिखित रुपमै प्रस्ताव गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पाँचै जना नेताहरु शनिबार बालुवाटार पुगेर बैठकका लागि प्रस्ताव गरेका हुन्।

तर, प्रधानमन्त्री तथा अध्यक्ष ओलीले बैठक बोलाउनेबारे कुनै सहमति नदिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। उनले आइतबार वा सोमबारलाई पार्टी सचिवालय बैठक बोलाउन प्रस्ताव गरिएको तर, सकरात्मक जवाफ नआएको बताए।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एकलौटी रुपमा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी कमिटीका बैठकहरु बोलाए पार्टी विभाजनको घोषणा सोही विन्दुबाट हुने चेतावनी दिएको प्रचण्डले आफू निकट नेताहरुसँग बताएका थिए। बिहीबारको भेटमा प्रचण्डलाई ओलीले त्यस्तो धम्की दिएपछि शनिबारको धुम्बाराही बैठकलाई अनौपचारिक भनिएको हो।

अब ओली बैठक बोलाउन तयार नभए प्रचण्डले के एक्शन लिन्छन् त्यसले नेकपाको भविश्य निर्धारण गर्ने विश्लेषण गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *