युवतीलाई १० वर्षसम्म यौन शोषण गरेपछि लेबनान पुर्याएर बेचियो
सांकेतिक तस्वीर।
काठमाडौं। एक बालिकालाई काठाडमौंका गौतम लामाले नेपालदेखि लेबनानसम्म यौन शोषण गरेको खुलेको छ। ती बालिका अहिले २३ वर्षकी भइसकेकी छन्। ती बालिकालाई काठमाडौंदेखि लेबनानसम्म १० वर्षदेखि यौन शोषण गरेको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेको छ।
प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका ९ लामाटार बस्ने काठमाडौं महानगरपालिका ७ घर भएका ५५ वर्षीय गौतम लामालाई पक्राउ गरेको हो।
ती महिलालाई विदेशमा आकर्षक रोजगारी दिलाई दिने वहानामा १० वर्षसम्म यौन शोषण गरी विभिन्न प्रलोभनमा पारी भारतको दिल्ली हुँदै लेबनानसम्म पुर्याई बेचबिखन गरी फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment