फेक आईडीबाट बालिकाहरूलाई अश्लिल तस्वीर पठाउने व्यक्ति पक्राउ

डिसी नेपाल
२७ कार्तिक २०७७ १८:१४

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई बालिकाहरूलाई अश्लिल सन्देश तथा तस्विर पठाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी गाउँपालिका ४ बस्ने २० वर्षीय अखिल नेपालीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

अखिलले बालिकाहरूको बारेमा यौनअश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने र हैरानी दिने कार्य गरी विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन बमोजिमको कसुर गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका २७ बाट उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उक्त ब्यूरोले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *