डा. गोविन्द केसीलाई कोरोना संक्रमण

डिसी नेपाल
२८ कार्तिक २०७७ १९:२४
252
Shares

काठमाडौं। चिकित्सा शिक्षा सुधार अभियन्ता प्राडा गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षणन देखिएपछि स्वाब संकलन गरिएको थियो। पीसीआर परीक्षणको शुक्रबार आएको रिपोर्टमा डा. केसी संक्रमित भएको पुष्टि भएको हो।

कोरोना संक्रमित डा. केसीलाई स्वासप्रस्वासमा समस्या भइरहेको जनाइएको छ। उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। डा. केसी चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ पटक आमरण अनशन बसिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.