भरुवा बन्दुक र कालिज सहित ५ जना पक्राउ
म्याग्दी । बेनी नगरपालिका ४ थामडाँडास्थित अर्जे खोलाको जंगलबाट १ थान भरुवा बन्दुक र २ वटा कालिज सहित ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बेनी नगरपालिका ४ थामडाँडा बस्ने ३६ वर्षीय सक बहादुर गुरूङ, २१ वर्षीय संजय गुरुङ, २५ वर्षीय सन्तोष गुरुङ, २० वर्षीय संदिप गुरुङ र ४९ वर्षीय पूर्ण गुरुङ रहेका छन् ।
उक्त जंगलमा भरुवा बन्दुक प्रयोग गरी बन्यजन्तु चोरी सिकार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुलाई उक्त बन्दुक र कालिज सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment