देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

डिसी नेपाल
३० कार्तिक २०७७ १९:३४
4
Shares

देउखुरी। दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आइतबार बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो।

विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पहिचान नखुलेकी ती महिलालाई लमही अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले ठक्कर दिएर भागेको ट्रकलाई लमही –९ रिहारबाट नियन्त्रणमा लिइएको जानकारी दिए। महिलाको शव भने परीक्षणका लागि लमही अस्पतालमा राखिएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *