कुलेश्वरको जुवा खालबाट सात जना पक्राउ
फाइल फाेटाे
काठमाडौं । गएराती जुवा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका वडा नं. १४ कुलेश्वरबाट सात जना पक्राउ परेका छन। महानगरीय प्रहरी कालिमाटी वृत्तका अनुसार एक व्यक्तिको घरमा जुवा खेलिरहेको अवस्थामा जुवाखालबाट २ लाख ३८ हजार ८ सय ५० रुपैयाँ नगद र ७ लाख ९४ हजार ८ सय ७० रुपैयाँ बराबरको बिभिन्न बैंकका ११ थान चेक समेत बरामद भएको छ।
कालिमाटी वृत्तका डिएसपी अपीलराज बोहोराका अनुसार कुलेश्वरका शिव श्रेष्ठको घरबाट उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा कुलेश्वरका ४४ वर्षीय शिव श्रेष्ठ, काभ्रेको चौरीदेउराली–६ घर भई कुलेश्वर बस्ने ४४ वर्षीय यादव चौलागाई, धादिङको थाक्रे गाउँपालिका–८ घर भई कलंकी बस्ने ४१ वर्षीय राजु पौडेल, चितवनको भरतपुर–१३ घर भई कुलेश्वर बस्ने ३१ वर्षीय राजिव श्रेष्ठ, ४४ वर्षीय केशव प्रसाद मुडवरी, बाराको जितपुर घर भई कलंकी बस्ने ४१ वर्षीय श्याम तामाङ र कैलालीको बर्दगोरिया–३ घर भई कालीमाटी बस्ने २८ वर्षीय प्रेम बडुवाल छन्।
उनीहरुलाई बुधबार कार्यालय खुलेपछि जुवा ऐन अन्र्तगत कारवाहीका लागि प्रकृया अघि बढाइने प्रहरीले जनाएको छ । जुवा ऐन अन्र्तगत ३० हजार जरिवानादेखि ३ महिनासम्मको कैद सजाय हुने व्यवस्था छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment