टिपर दुर्घटनामा चालकको मृत्यु

डिसी नेपाल
२ मंसिर २०७७ २२:४८

रामपुर । निस्दी गाउँपालिका–७ ज्यामिरेमा टिपर दुर्घटना हुँदा चालकको आज मृत्यु भएको छ । ज्यामिरेको भुटुकेबाट चुनढुङ्गा बोकेर सर्दीतर्फ जाँदै गरेको ना ८ ख ७९०५ नम्बरको टिपर मोटेखर्क खस्रेनी खोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक सिन्धुपाल्चोक जिल्ला चौतारा नगरपालिका १३ का ४० वर्षीय पूर्णबहादुर श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको रुप्सेभञ्ज्याङ्ग प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक डेढबहादुर थापाले जानकारी दिए ।

सामानसहितको टिपर सडकबाट करिब १० मिटर तल खसेको थियोे । घटनाको बारेमा थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *