रविन्द्र मिश्र भन्छन्, विवेकशील साझा अरुपार्टी जस्तो विलाएर जाँदैन
काठमाडौं । विवकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आफ्नो पार्टी अरुपार्टी जस्तो विलाएर नजाने दाबी गरेका छन्। शनिबार काठमाडौंमा विवेकशील साझा पार्टी प्रदेश नं ३ द्वारा आयोजित जिल्ला संयोजक घोषणा कार्यक्रममा मिश्रले नेपालको ईतिहासमा धेरै पार्टीहरु अहिले बिलय भईसकेको भन्दै आफ्नो पार्टी बिलाएर नजाने बताएका हुन।
पार्टी निर्माण गर्नु निकै कठिन काम भएको भन्दै अब पार्टीलाई बृहत र शसक्त बनाएर अघि लैजाने प्रतिवद्धता पनि जनाए। बिभिन्न जटिलता पछि पनि पार्टीको अहिलेको उपलव्धी सामान्य नभएको मिश्रको भनाइ छ।संयोजक मिश्रले विवेकशील साझा पार्टीले अलग पहिचान स्थापित गरेको दाबी समेत गरे। आउँदो निर्वाचनमा देशको नेतृत्व सम्हाल्ने उद्धेश्यका साथ संगठन विस्तार र भ्रष्टाचार विरोधी अभियानमा केन्द्रीत रहने उनको भनाइ छ।
अहिले देशैभरि संगठन बिस्तारको अभियानमा जुटेको सो पार्टीले प्रदेश नं ३ अन्तर्गत बिभिन्न ६ जिल्लाका संयोजकहरुलाई माटोको टिका लगाएर पार्टीमा स्वागत गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment