प्युठानमा भिरबाट लडेर युवकको मृत्यु

डिसी नेपाल
६ मंसिर २०७७ २१:१८

झिमरुक । प्युठानमा भिरबाट लडेर आज एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं ६ झुलेनी घुमेर फर्कने क्रममा प्युठान नगरपालिका वडा नं ४ स्थित रक्तेपोखरी भिरबाट लडेर प्युठान नगरपालिका वडा नं २ क्वाडीका २० वर्षीय युवक राहुल घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय विजुवारले जनाएको छ ।

छ जना युवकको समूह झुलेनी पुगेको र फर्कने क्रममा राहुल भिरबाट लडेको इलाका प्रहरी कार्यालय विजुवार प्युठानका प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए । राहुलको शव १५० मिटर तल भेटिएको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *