आमा भन्नुहुन्छ

डिसी नेपाल
१३ मंसिर २०७७ ९:३९
128
Shares

बाबु–
हरेक साँझविहान भगवानको पूजा गर
हरपल भगवानलाई सम्झिराख
भगवानको सेवा सधैँ गर
जीवनमा दुःख कहिल्यै आउँदैन

म सधै अफ्ठयारोमा पर्ने गरेको छु
जब
भगवानको पूजामा वस्छु
आमाको पूजा गरिरहेको हुन्छु
भगवानको अनुहार सम्झन खोज्छु
खुलेको आकाशजस्तो आमाको अनुहार
मनमा हरपल आइरहन्छ
आमालाई सम्झिदा पनि मन यसैयसै
सिमलको भुवाजस्तो हलुका हुन्छ

आमाको शरिरले मेरो शरिर बनेको छ
आमाको मायाको स्पर्शले
मेरो मनमुटु कसेकोे छ
आफैलाई बनाउने आमाका अगाडि
मैले
अर्को भगवान देख्नै सकिरहेको छैन

आमा जिद्धि गर्नुहुन्छ
भगवानका अगाडि अर्को ठूलो कोही छैन
म आमाका सामु भगवान नै देख्दिन

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *