चेतनामुलक पोष्टर सार्वजनिक

डिसी नेपाल
१४ मंसिर २०७७ १८:५९

काठमाडौं । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा डिसी नेपाल र नेपाल अपाङ्ग महिला संघको सहकार्यमा चेतनामुलक पोष्टर सार्वजनिक गरिएको छ ।

आज एक कार्यक्रमकाबीच संघकी अध्यक्ष टिका दाहाल, महासचिव मिना पौडेल र कोषाध्यक्ष शोभा विष्टले पोष्टर सार्वजनिक गरेका हुन् । कार्यक्रमपछि डिसी नेपालसँग कुरा गर्दै संघका अध्यक्ष टिका दाहालले महिला हिंसा अन्त्य गर्न सबैले आ–आफ्नो ठाउँबाट ऐक्यवद्धता जनाउनु पर्ने बताईन ।

उनले भनिन्,‘महिला हिंसा आफन्त र चिनेका व्यक्तिहरुबाट नै धेरै हुने गरेका छन्। हामी हाम्रो समाजमा सबै किसिमका अपाङ्गता भएका महिलाहरुको सुरक्षाका बारेमा ख्याल नगर्दा उनीहरु आफ्नै आफन्त र चिनेजानेका मान्छेबाट हिंसामा पर्ने गरेका छन्।’

कोरोनाका कारण समाजमा अपाङ्गता भएका महिलाहरुमा हुने हिंसाको स्वरुप परिवर्तन भएको भन्दै अध्यक्ष दाहालले भनिन्, ‘कोरोनाका कारण मान्छेहरु घरभित्र भए । घरभित्रिबाट पनि अपाङ्गता भएका महिलाहरुमा हुने हिंसाका स्वरुपमा परिवर्तन आएको देखियो । सूचना र संचारको पहुँचमा आएको विकास, महिला सशक्तिकरण र न्यायिक समितिहरुले गर्ने प्रयासका कारण घटनाहरु बाहिर आउने गरेका छन्।’

अपाङ्गता भएका महिलामाथि हुने हिंसा अन्यका लागि सबैले आ–आफ्नो ठाउँबाट सचेत र जागरुक हुनुपर्ने अध्यक्ष दाहालको भनाई छ । ‘लैङ्गिक हिंसा अन्यको प्रतिवद्धता : व्यक्ति समाज र सबैको ऐक्यवद्धता’ मुल नाराका साथ नेपालमा गत नोभेम्बर २५ तारिखदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *