ट्यांकरमा फल्स चेम्बर बनाई ठगी गर्ने पक्राउ

डिसी नेपाल
१४ मंसिर २०७७ १९:२३
28
Shares

काठमाडौं। पेट्रोल ट्यांकरमा फल्स चेम्बर बनाई ठगी गर्ने दुई जनालाई बाराबाट प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार उनीहरूलाई काठमाडौं ल्याएको हो।

पक्राउ पर्नेमा बारा जिल्ला साविक अमलेखगञ्ज ६ स्थायी ठेगाना भई हाल जितपुर सिमरा र विकेश २१ बस्ने ३५ वर्षीय अजय लामा लामा छन्।

इण्डियन आयल कर्पोरेसन बरौनी, भारतबाट पेट्रोल लोड गरी आएका ना ७ ख २९९५ र ना ७ ख ३६९६ नम्बरको ट्यांकरमा फल्स चेम्बर बनाई उनीहरूले इन्धन चोरी तस्करी गरी ठगी गरेको आरोप लागेको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *