सिमाका भन्सारमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा रहीरहने सम्झौता

डिसी नेपाल
१७ मंसिर २०७७ १९:०४
36
Shares

काठमाडौँ । नेपाल भारत सिमाका भन्सार कार्यालयहरुमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा रहीरहने भएका छन् ।

नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग त्रिपुरेश्वर काठमाण्डौ र प्रभु बैंकको समन्वयमा सीमाका विभिन्न ७ वटा भन्सार कार्यालयहरु सरकारी राजश्व संकलनका लागि एक्स्टेन्सन काउण्टरहरुले थप समयावधिका लागि निरन्तर रुपमा बैंकिङ्ग सेवा प्रवाह गर्ने भएका छन्।

भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौली भन्सार कार्यालय कपिलवस्तु र सति भन्सार कार्यालय कैलालीमा सरकारी राजश्व संकलनका लागि सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुले थप समयावधिका लागि निरन्तर रुपमा बैंकिङ्ग सेवा प्रवाह गर्ने भएका हुन् ।

नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग त्रिपुरेश्वरका तर्फबाट महानिर्देशक सुमन दहाल र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचनले आज (बुधबार) नविकरण सम्झौतामा हस्ताक्षर गगरेका हुन् ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीमा सघाउ पुगेको छ ।

उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजश्व संकलनको आंकाडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने प्रभु बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.