ओलीले दुई मध्ये एक पद छाड्नुपर्ने ‘बटमलाइन’, संयुक्त दस्तावेज लेख्ने ओलीको ‘अफर’!
काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नैपर्ने बटमलाइन अघि सारिएको छ। पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओलीले दुईमध्ये एक पद छाडे मात्रै कुरा मिल्ने संकेत गरेका छन्।
सरकार सञ्चालन गर्ने कि पार्टी सञ्चालन गर्ने भन्नेबारे दुई अध्यक्षबीच विवाद भइरहेको बेला अध्यक्ष दाहालले आफू निकट नेताहरुसँगको छलफलमा ओलीले सकेसम्म प्रधानमन्त्री नभए अध्यक्ष छाड्नुपर्ने बताएको स्रोतको हवाला दिँदै नागरिक दैनिकमा समाचार छ।
‘दुईमध्ये एक पद छाड्नुपर्ने विषय धेरै पहिलादेखि वरिष्ठ नेता माधव नेपालले उठाउँदै आएका थिए । अहिले दाहालले पनि यही विषयलाई बटमलाइन बनाउन थालेका छन्,’ दाहाल निकट स्रोतले भन्यो, ‘यो विषय पुरानो हो तर अहिले पनि निकै जोडतोडका साथ उठाइएको छ ।’
तर, ओली भने दुवै पद छाड्ने पक्षमा छैनन् । उनले प्रधानमन्त्री पद लिन निर्वाचन कुर्न र अध्यक्षको पद लिन महाधिवेशन कुर्न भनिसकेका छन् । चार महिनापछि हुने पार्टीको महाधिवेशनले अध्यक्ष पद निर्धारण गर्ने र आगामी निर्वाचनले प्रधानमन्त्री पद निर्धारण गर्ने भएकाले त्यतिबेलासम्म धैर्य गर्न ओलीले भनेका हुन् ।
यता प्रम ओलील्े गत भदौ २६ गते स्थायी समिति बेठकले गरेको निर्णय कार्यान्वयन गर्ने र दाहालले सचिवालय बैठकमा पेस गरेको प्रतिवेदन फिर्ता गरी दुवै अध्यक्षको संयुक्त दस्तावेज ल्याउन प्रस्ताव गरेका छन् । बिहीबार बिहान महासचिव विष्णु पौडेलले सो प्रस्ताव लिएर खुमलटार पुगेका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment