बुटवलमा खाग तस्कर पक्राउ गर्न प्रहरीले गोली चलायो

डिसी नेपाल
२१ मंसिर २०७७ १०:३६
204
Shares

काठमाडौं। रुपन्देहीमा गैंडाको खाग तस्करीमा संलग्नहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ।

आइतबार बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर ८ स्थित एक होटलमा तस्करीमा संलग्नहरु बसेको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको र खाग तस्कर भाग्न खोजेपछि पक्राउ गर्ने क्रममा उनीमाथि गोली प्रहार गरिएको हो।

खाग तस्करले प्रहरीको पेस्तोल खोसेर प्रहार गर्दा प्रहरीले उनीमाथि गोली प्रहार गरेको रुपन्देही प्रहरी कार्यालयले जनाएको छ।

तस्करीमा सम्लग्न नै घाइते भएका छन्। प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ। तर एक जना अझै भागेको भन्दै प्रहरीले खोजी गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *