नेपाल–भारत सिधा उडान गर्न सहमति

डिसी नेपाल
२५ मंसिर २०७७ १६:५२
280
Shares

काठमाडौं। नेपाल र भारतबीच कोरोना महामारीपछि रोकिएको हवाई उडान फेरि सुरुचारु हुने भएको छ। दुबै मुलुकबीच सिधा उडान गर्ने सहमति भएको काठमाडौंस्थित भारतीय दूतावासले जानकारी दिएको छ।

सहमतिअनुसार दुबै देशका सरकारी एअरलाइन्स कम्पनीले उडान गर्ने अनुमति पाएका छन्। नेपालबाट नेपाल एअरलाइन्स र भारतबाट एअर इण्डियाले उडान गर्ने भएका हुन्।

भारतीय दूतावासले भनेको छ, ‘दुबै सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ अन्तर्गत दिल्ली र काठमाडौंबीच नियमित निर्धारित उडान पुनः सुरु गर्न अनुमोदन गरेको जानकारी गराउन पाउँदा खुसी लागेको छ। एअर इण्डिया र नेपाल एअरलाइन्सले यी दैनिक उडानहरू सञ्चालन गर्नेछन्। तालिका र टिकटका लागि कृपया सम्बन्धित एअरलाइन्सका वेबसाइटहरू हेर्नुहोस।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *