जग्गाको मालिक जनतालाई बनाउन प्रतिबद्ध छौँ : खानेपानीमन्त्री मगर

डिसी नेपाल
२५ मंसिर २०७७ २१:२९
144
Shares

कञ्चनपुर । खानेपानीमन्त्री बीना मगरले वर्षांैदेखि चलनभोग गर्दै आएको स्वामित्व नपाएको जग्गाको मालिक जनतालाई बनाउनका लागि काम अगाडि बढाइएको बताएकी छन् । आज बेलडाँडी गाउँपालिका कार्यालयको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उनले चुनावमा गरिएको प्रतिबद्धताअनुसार सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउन लागिएको बताइन् ।

वर्षौंदेखि थाति रहेको आरक्ष विस्थापित परिवारको पुनःस्थापनको कार्य अगाडि बढाउनका लागि पहल भइरहेको उनले बताइन् । “आरक्ष विस्तारका क्रममा सयौँ परिवार विस्थापनमा परेका छन् यसबारे जानकार छु”, उनले भनिन्, “यस समस्यालाई गम्भीरतापूर्वक लिएको छु ।”

जिल्लाको विकासका लागि कटिबद्ध रहेको धारणा अघि सार्दै उनले विकासका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइएको बताइन् । भवन उद्घाटन कार्यक्रममा सहभागी नेकपा सुदूरपश्चिम प्रदेशका संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले कार्यालय भवन निर्माणले प्रशासनिकसँगै विकास निर्माणका काम अगाडि बढाउन सहज हुने बताए । गाउँपालिकाको चारतले भवन रु सात करोडको लगानीमा निर्माण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.