कर्जा अपचलनसम्बन्धि बैंकिङ कसुरमा महालक्ष्मी बैंकका कर्मचारीसहित तीन जना पक्राउ
सांकेतिक तस्बिर
काठमाडौं। प्रहरीले महालक्ष्मी विकास बैंकका कर्मचारीसहित तीन जनालाई पक्राउ गरेको छ। कर्जा अपचलनसम्बन्धि बैंकिङ कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो।
सिआइबीका अनुसार पक्राउ पर्नेहरुमा सन्दीप लिम्बू, पूर्ण राई र देवेन्द्र राई छन्। बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा प्रवाह गर्दा अनियमितता गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।
कमसल सुन धितो राखी अत्याधिक मूल्याङकन गराई कर्जा लिएर नतिरी ठगी भएको हो। यसमा ऋणीका साथै बैंकका कर्जा शाखाका कर्मचारी तथा सुन जाँचकीको मिलेमतो देखिएको प्रहरीले जनाएको छ।
कर्जा लिएको बेला भन्दा सुनको बजार मूल्य ४० प्रतिशतले बढ्दा पनि धितोबाट कर्जा उठ्ने नसकेपछि बैकले अनुसन्धान शुरु गरेको थियो। बैंकले कर्मचारीमाथि आशंका लागि प्रहरीको सिआइबीलाई अनुसन्धान लागि आग्रह गरेपछि अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ। बैंककै आग्रहमा आफूहरुले अनुसन्धान लागि तीन जनालाई पक्राउ गरेको सिआइबीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment