भारतीय सत्तारुढ दल भाजपाका अध्यक्ष नड्डा कोरोना संक्रमित
नयाँ दिल्ली (एजेन्सी)। भारतीय सत्तारुढ दल भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा कोरोना संक्रमित भएका छन्। उनले ट्वीटरमार्फत आफू संक्रमित भएको जानकारी दिएका छन्। उनले आफूमा सामान्य लक्षण देखिएकोसमेत बताएका छन्। उनले आफू होम आइसोलेशनमा बस्नेसमेत जानकारी दिएका छन्।
उनले पछिल्लो पटक आफ्नो सम्पर्कमा रहेकाहरुलाई सचेत रहन आग्रह गरेका छन्। नड्डाले हालै राजस्थान र पश्चिम बंगाल राज्यको भ्रमणसमेत गरेका थिए। पश्चिम बंगालमा उनको गाडीको लस्करमाथि आक्रमणसमेत भएको भाजापाले जनाएको थियो। यद्यपी पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमुल काँग्रेसकी नेतृ ममता बेनर्जीले भाजपाले आफै आक्रमण गरेर प्रचार गरेको बताएकी थिइन्।
कोरोना के शुरूआती लक्षण दिखने पर मैंने टेस्ट करवाया और रिपोर्ट पॉजिटिव आई है। मेरी तबीयत ठीक है, डॉक्टर्स की सलाह पर होम आइसोलेशन में सभी दिशा- निर्देशो का पालन कर रहा हूँ। मेरा अनुरोध है, जो भी लोग गत कुछ दिनों में संपर्क में आयें हैं, कृपया स्वयं को आइसोलेट कर अपनी जाँच करवाएं।
— Jagat Prakash Nadda (@JPNadda) December 13, 2020







डिसी नेपाल








Facebook Comment