अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातको डिल्लीबजार जेल यात्रा
काठमाडौं। भ्रष्टाचारबारे अनुसन्धान गरी भ्रष्टाचारीमाथि मुद्दा चलाउने संवैधानिक अंग हो अख्तियार दुरुपयोग अनुसन्धान आयोग। सोही आयोगको प्रमुख आयुक्त भइसकेका दीप बस्न्यात भ्रष्टाचार मुद्दामा अख्तियारले नै दायर गरेको मुद्दाको पुर्पक्षका लागि जेल चलान भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारको ललिता निवासको सरकारी जमिन व्यक्तिका नाममा ल्याएको प्रकरणमा आइतबार विशेष अदालतले थुनछेक बहसपछि बस्न्यातलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। बस्न्यात कुनैबेला आफैले नेतृत्व गरेको अंगले चलाएको मुद्दामा यसरी थुनाका लागि जेल पर्ने पहिलो व्यक्ति हुन्।
उनी आइतबार नै पुर्पक्षका लागि डिल्लीबजारस्थित कारागारमा चलान भएका छन्।
तत्कालिन भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिव रहेका बस्न्यातले ललिता निवासको जग्गा व्यक्तिका नाममा पार्न सहज हुने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पुर्याएका थिए।
उनीमाथि अख्तियारले ९ करोडको विगो दावी गर्दै मुद्दा चलाएको छ। यो प्रकणरमा अख्तियारले पूर्वमन्त्री, पूर्वसचिवलगायत १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment