गाेरखाकाे तान्द्राङ बस दुर्घटनामा पाँच घाइते

डिसी नेपाल
१ पुष २०७७ १४:०४
60
Shares

गोरखा । भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बुधबार (आज) बिहान बस दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन्। काठमाडाैँबाट आरुघाटको सोती तर्फ जाँदै गरेको ग १ ख ९४४६ नं को बस सिमलाफेद नजिकै बिहान करिब ४ः३० बजे दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए। बस सडकबाट करिब २० मिटर तल खसेको उनको भनाइ छ।

दुर्घटनामा परी धार्चे गाउँपालिका ६ का वर्ष ५० का सुरमान घले, भीमसेन थापा गाउँपालिका–३ का २९ वर्षका उत्तम पुडासैनी, वर्ष ३० का मनोज पुडासैनी, वर्ष २९ का उज्ज्वल पुडासैनी र धार्चे गाउँपालिका केरौजाकी ३२ वर्षीया कान्छी गुरुङ गम्भीर घाइते भएका छन्।

घाइते सबैको टाउको र छातीमा चोट लागेको प्रहरीको भनाइ छ। बसमा ३५ जना यात्रु सवार थिए । गम्भीर घाइतेमध्ये तीन जनालाई उपचारका लागि काठमाडाैँ पठाइको छ भने दुई जनालाई गोरखा अस्पताल ल्याइएको छ । बसका चालक सामान्य घाइते भएको र चालकलाई अहिले इलाका प्रहरी कार्यालय आरुघाटले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *