डिसी नेपाल समाचार प्रभावः निहारीकाले पाइन आर्थिक सहयोग
काठमाडौं। तीन महिने काखे बालक च्यापेर काठमाडौं आएकी निहारीकाले आर्थिक सहयोग पाएकी छन्। काठमाडौं पुगेपछि डिसी नेपालले निहारीकाको समस्याको उजागर गरेको थियो।
डिसी नेपालमा आएको समाचार र भिडियोबाट प्रभावित भएर काठमाडौं निवासी सावित्रा ढकाल र उनका साथिहरुले निहारीकालाई आर्थिक सहयोग गरेका हुन।
ललितपुरको चिसो कोठामा भूइमा ओछ्यान लगाएर तीन महिने बालकसँग बस्दै आएकी निहारीकालाई डिसी नेपालका सल्लाहकार सम्पादक यशोदा तिम्सिनाले १८ हजार बढी रुपैयाँ निहारीकालाई हस्तान्तरण गरेकी हुन्।
तिम्सिनाले निहारीकाको अवस्था हेरेर आफूले १ लो बेट, ग्यास सिलिण्डर र ओड्ने ओछ्याउने व्यवस्था गर्ने प्रविबद्धता समेत व्यक्त गरेकी छन्।
निहारीका केही दिन पहिला तीन महिनाको बालक काखी च्यापेर न्याय माग्न भन्दै काठमाडौं आएकी थिइन्। महोत्तरी जलेश्वरकी निहारीका जात नमिलेको भन्दै प्रेमिले धोका दिएपछि करिव १ वर्ष पहिलादेखि न्याय माग्दै भौतारिएकी छन्।
जिल्ला प्रहरी कार्यालयमा मुद्दा नलिनेदेखि महिलाअधिकार कर्मीले समेत गर्भ पतनमा गराउन दवाव दिएको निहारीकाको भनाई छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment