आजदेखि काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली हट्याे

डिसी नेपाल
३ पुष २०७७ ६:४०
92
Shares

काठमाडौं। काठमाडौं उपत्यकामा सवारी साधनमा लाग्दै आएको जोर बिजोर प्रणाली शुक्रबारबाट हटेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कम सार्वजनिक सवारी सञ्चालन रहँदा यात्रुकाे चाप बढी भई कोरोनाको जाखिम झन बढ्न सक्ने भन्दै जोरबिजोर प्रणाली हटाउने निर्णय भएको बताएको छ।

जोरबिजोर प्रणाली अनुसार यातायातका साधन संचालन गर्दा सार्वजनिक सवारी साधनको संख्या कम भई यात्रुहरुको चाप झन बढी भएकोले सर्वसाधारण यात्रुको असुविधा भएको समेत प्रशासनले विज्ञप्तिमा जनाएकाे छ। शुक्रबार ३ गते विहान देखि लागू हुने गरी काठमाडौं उपत्यकामा सवारी साधन लगाइएको जोर विजोर प्रणाली हटाइएको बताइएको छ।

कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजोर प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए।

कार्यालयले मापदण्ड पालना नगरी सवारी साधन संचालन गरेमा अनुगमन गरी संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने समेत बताएको छ। असोज १ देखि काठमाडौं जिल्लाभरि सवारी साधन जोरबिजोर प्रणाली लागू गरिएको थियाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *