किसान आन्दोलनमा काँग्रेस वरिष्ठ नेता पौडेलको ऐक्यवद्धता
काठमाडौं। उखुको पैसा चिनी उद्योगले नतिरेको भन्दै विगत एकहप्तादेखि राजधानीमा जारी उखु किसानको आन्दोलनमा शुक्रबार काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ऐक्यवद्धता जनाएका छन्।
किसानहरुले प्रदर्शन गरिरहेको माइतीघरमा पुगेर नेता पौडेलले आफू किसानहरुको आन्दोलनसँगै रहेको बताएका छन्।
विभिन्न चिनी उद्योगहरुले किसानलाई २०७३ सालदेखिको पैसा दिएका छैनन्। आफूले उत्पादन गरेको उखुको पैसा नपाएपछि किसानहरु ऋण काढेर आन्दोलन गर्न देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका छन्।








No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment