विमलको गीत ‘ल ल भैगो’ मा सुरविनाको अभिनय
वासिंगटन डिसी। अमेरिकाको भर्जिनिया निवासी विमल ओझाले ‘ल ल भैगो…’ शीर्षकको गीत र म्युजिक भिडियो बजारमा ल्याएका छन्। हेटौडा जन्मथलो भएका ओझाले मायामा हार्दा पनि जितको अनुभव हुन्छ भन्ने भावमा रचना गरेको यो गीतलाई सागर न्यौपानेले संगीत दिएका छन्।
प्रेमिकालाई फकाउँदा आफू हार्नलाई पनि तयार भएको सन्देश दिंदै गीतले प्रेमी प्रेमिकाबीचको मनोभावनालाई देखाएको छ। एउटा कारखानाभित्रको दृश्यमा छायाँकन भएको म्युजिक भिडियोमा मन परेकी मायालुप्रतिप्रेमीले एकोहोरो प्रेम देखाएका छन् । प्रेमिकालाई फकाउन आफ्नो हार स्वीकार गरी माया प्रकट गरेका दृश्यहरु छन्। सरल शब्दमा मायालाई प्रकट गर्ने प्रयास गरिएको यो गीतलाई फरक धारका गीत गाउने भनी चर्चामा आएका गायक सजल न्यौपानेले स्वर दिएका छन्।
यस गीतको म्युजिक भिडियोमा कलाकार सुरविना कार्कीले मायालुको अभिनय गरेकी छिन् भने कलाकार देबेन्द्र बब्लुले फकाउने भूभिका खेलेका छन्। भिडियो अनुप चापागाईंले निर्देशन गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment