अमेरिकामा मोर्डनाको खोप प्रयोगका लागि स्वीकृति
काठमाडौं। अमेरिकी सरकारले मोर्डनाको खोप प्रयोगका लागि अनुमति दिएको छ। फाइजर÷बायोएनटेकको खोपपछि अमेरिकामा अनुमति पाउने मोर्डना दोस्रो खोप हो।
अमेरिकी खाद्य तथा औषधी प्रशासनले अमेरिकामा निर्मित मोर्डनाको खोप प्रयोगका लागि आधिकारिक अनुमति दिएको छ। अमेरिकाले मोर्डनाको २० करोड खोप खरिदका लागि सम्झौता गरेको छ। जसमध्ये ६० लाख खोप आपूर्तिको लागि तयारी अवस्थामा राखिएको छ।
एडभाइजरी प्यानलमा भएको मतदानमा २०–० ले मोर्डनालाई अनुमति प्रदान गर्न मत खसेको थियो। १८ वर्ष र सोभन्दा माथिको उमेरका ब्यक्तिमा मोर्डनाको खोप लगाउँदा ९४ प्रतिशत प्रभाबकारि र सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ।
कोभिड–१९ को सङ्क्रमणको कारणले अमेरिकामा सबैभन्दा बढी मृत्यु दत्र्ता गरिएको छ। अमेरिकामा तीन लाख १३ हजार ५०० जनाको मृत्यु भएको छ। एक करोड ७५ लाख ब्यक्ति सङ्क्रमित भएका छन्।
मोर्डनाको खोप आपूर्ति गर्न माइनस २० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ। जर्मन र अमेरिकी औषधी निर्माता कम्पनी बायोएनटेक र फाइजरको खोपलाई माइनस ७५ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ। फाइजर झैं मोर्डनाको खोप समेत दुई डोज दिइनुपर्छ।
फाइजरको खोपको दोस्रो डोज २१ दिनपछि दिइदा मोर्डनाको खोप पहिलो डोज दिइएको २८ औं दिनमा दिइन्छ। मोर्डना क्याम्ब्रिज, मासासुटमा अवस्थित छ । र खोपको अधिकांश मात्रा क्याम्ब्रिज, मासासुटमा नै उत्पादन हुनेछ। फाइजरको खोप जर्मनी र बेल्जियम लगायतका अन्य राष्ट्रहरुमा समेत उत्पादन हुँदैछ।
क्यानाडाले पाँच करोड ६० लाख मोर्डनाको खोप खरिद गर्ने सम्झौता गरेकोमा २० लाख डोज मार्च सम्ममा पाउनेछ। बेलायतले ७० लाख खोपको सम्झौता गरिसकेको छ। यूरोपेली संघले आठ करोड डोज खरिद गर्ने सम्झौता गरेको छ ।
जापानले पाँच करोड र दक्षिण कोरियाले दुई करोड मोर्डनाको खोप खरिद गर्ने सम्झौता गरेको छ। स्वीटजरल्याण्डले ७५ लाख खोप खरिद गर्ने समझदारी गरेको छ। गाेरखापत्र दैनिकबाट







डिसी नेपाल








Facebook Comment