दाहालले गरे कांग्रेससँग सहकार्य प्रस्ताव

डिसी नेपाल
७ पुष २०७७ ८:५४
148
Shares

काठमाडौं। नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्ष र नेपाली कांग्रेसका नेताहरूले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा जाने तयारी गरेका छन् । दुवैतर्फका शीर्ष नेताहरूसहित सांसदहरूले निवेदन दिने तयारी गरेका छन् । सोमबार दिनभरको छलफलपछि केही कानुन व्यवसायीले रिटको मस्यौदा गरिरहेका छन् ।

‘कम्तीमा १ सय ३८ जना सांसदको प्रतिनिधित्व हुने गरी निवेदन दिने तयारी भएको छ,’ अधिवक्ता गोविन्द बन्दीले भने, ‘मंगलबार नै दर्ता प्रक्रिया टुंगिने गरी काम गर्दा सबै सांसद उपस्थित हुन कत्तिको सम्भव हुन्छ, त्यो विचार गर्नुपर्छ । नभए पछि बहुमतको प्रतिनिधित्व हुने गरी सांकेतिक रूपमा प्रमुख दलका नेताहरू उपस्थित हुनुहुनेछ ।’ बरु एक दिन पर्खेर भए पनि निवेदनमै बहुमतको उपस्थिति देखाउने उनीहरूको रणनीति छ । कान्तिपुर दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *