हुण्डीको रकमसहित एक जना पक्राउ
सांकेतिक तस्वीर
काठमाडौं। प्रहरीले काठमाडौको न्यूरोडबाट एक जना हुण्डी कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। नगद १३ लाखसहित धादिङ खनियाबास गाउँपालिका ३ बस्ने वर्ष २५ का विर्ज तामाङलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी बृत्त जनसेवाले उनलाई स्रोत नखुलेको रमकसहित पक्राउ गरेको थियो। उनले सो रकम कहाँबाट ल्याएको र कसलाई दिन लागिएको भन्नेबारे केही नबताएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। उनले सो रकम भारतीय नागरिकहरुसँगको मिलेमतोमा हुण्डीमार्फत ल्याएको आशंका प्रहरीले गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment