वेष्टइन्डिजका पोलार्ड, होल्डरसहित दश खेलाडीले बङ्गलादेश भ्रमणबाट नाम फिर्ता लिए
काठमाडौं । वेष्टइन्डिज क्रिकेटको टेष्ट टोलिका कप्तान जैसन होल्डर, एकदिवसीय टोलिका कप्तान क्यारन पोलार्ड र टेष्ट टोलिका उपकप्तान रोष्टन चेजसहितका खेलाडीले बङ्गलादेश भ्रमणबाट नाम फिर्ता लिएका छन् । डारेन ब्राभो, शामह्र ब्रुक्स, शेल्डन कोट्रेल, एभिन लेविस, शाई होप, शिमरन हैटमर र निकोलास पूरन समेत कोरोना सङ्क्रमणको कारण देखाउँदै भ्रमणबाट नाम फिर्ता लिएका हुन् । अलराउण्डर फाबियन एलेन र विकेटकीपर ब्याट्सम्यान शेन डौरिचले ब्यक्तिगत् कारण देखाउँदै भ्रमणमा सहभागी हुने छैन् । होल्डरको अनुपस्थितिमा ओपनर ब्याट्सम्यान क्रैग ब्रैथवेटले टेष्ट टोलिको नेतृत्व गर्नेछन । सन् २०१८ मा वेष्टइन्डिजले बङ्गलादेशको भ्रमण गर्दा समेत ब्रैथवेटले टोलिको अगुवाइ गरेका थिए ।
पछिल्लो पटक सन् २०१८ मा वेष्टइन्डिजका लागि खेलेका जैसन मोहम्मदले बङ्गलादेश भ्रमणमा एकदिवसीय टोलिको नेतृत्व गर्नेछन । क्रिकेट वेष्टइन्डिजको कोभिड नीति अनुसार कुनै खेलाडीले सुरक्षाको कारण देखाउँदै अन्तर्राष्ट्रिय भ्रमणमा सहभागी नहुने विकल्प रोज्न सक्छन् । यसरी रोज्दा उक्त खेलाडीको भविष्यमा हुने भ्रमणमा कुनै असर नपर्ने ब्यवस्था गरिएको छ । पहिलो प्राथमिकताका आधा दर्जन खेलाडीको अनुपस्थितिमा काभम हज र शेन मोसली टेष्ट क्रिकेटमा डेब्यु गर्ने भएका छन् । त्यसैगरी टी ट्वान्टीमा डेब्यु गरिसकेका कायल मेयर्स समेत टेष्ट टोलिमा बोलाइएका छन् । जोमेल वरिकान र विरासामी परमौल तथा रखिम कोर्नवाल समेत टोलिमा स्थान पाएका छन् । अनुभवी बलर केमार रोचसँगै शैनन गेब्रेल तिब्र गतिको बलरको रुपमा टोलिमा स्थान सुनिश्चित गरेका छन । नक्रुमा बोनर, जोशुआ ड सिल्भा, अल्जारी जोसेफले टेष्टसँगै एकदिवसीय टोलिमा समेत अटाएका छन् ।
वेष्टइन्डिजले बङ्गलादेश भ्रमणका लागि जनवरी १० मा ढाका पुग्नेछ । जनवरी २० देखि तीन म्याचको एकदिवसीय श्रृखंला र फेब्रुअरी ३ देखि टेष्ट श्रृखंला सुरु हुनेछ ।







डिसी नेपाल








Facebook Comment