शुक्रबार ८ जना थपिएसँगै नेपालमा कोरोनाका कारण मर्नेको संख्या १८६४ पुग्यो, निको हुने दर ९७ प्रतिशत

डिसी नेपाल
१७ पुष २०७७ १५:५२

काठमाडौं। शुक्रबार नेपालमा ५ हजार २२५ जनाको पीसीआर परिक्षण गर्दा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ४८ रहेको छ ।

पछिल्लो २४ घण्टामा ७४८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५३हजार १०७ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८६४ पुगेको छ।

यस्तै हालसम्म ३६७ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १९ लाख ३७ हजार ७०२ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको छ।

तथ्यांकः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *