शिक्षक नियुक्तिमा घुस लिने वडा अध्यक्ष र प्रधानाध्यापक पक्राउ

डिसी नेपाल
१८ पुष २०७७ २०:१५

काठमाडौं। शिक्षक नियुक्तिका लागि लिइएको परीक्षामा घुस लिएको आरोपमा दैलेखको पीपलकोटमा रहेको दीप माध्यामिक विद्यालयका प्रधानाध्यापक पदम सिजापती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका आठबीस नगरपालिका–५ का वडाध्यक्ष कर्णबहादुर आले मगरलाई प्रहरीले पक्राउ गरेको छ।

परीक्षामा घुस लिएको परीक्षार्थीहरूबाटै खुलेपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। शिक्षा विकास तथा समन्वय इकाई दैलेखले शनिबार सदरमुकाममा सञ्चालन गरेका ४ वटा विद्यालयका शिक्षक छनोटको लिखित परीक्षामध्ये दीप माविमा मावि तहको अंग्रेजी विषयको एक जना राहत शिक्षकको परीक्षामा वडाध्यक्ष आले मगर र प्रधानाध्यापक सिजापतिले घुस लिएको आरोप छ।

पीपलकोटको मावि राहत शिक्षक पदमा प्रतिस्पर्धी ४ जना मध्ये १ जना उत्तीर्ण भएका थिए।

घुस प्रकरणमा प्रधानाध्यापक सिजापती र वडाध्यक्ष आले मगरसँगै तेश्रो व्यक्तिको समेत संलग्नता देखिएकोले आरोपितको खोजी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *