विश्वमा कोरोना : संक्रमितको संख्या साढे ८ करोड नजिक, गत २४ घण्टामा ५ लाख बढी थपिए

डिसी नेपाल
१९ पुष २०७७ ७:२२

काठमाडौं । कोरोना संक्रमण सुरु भएको १ वर्षसम्म विश्वभरमा करिब साढे ८ करोड मानिसलाई प्रत्यक्ष प्रभावित गरेको छ। वल्र्डोमिटरको रेकर्ड अनुसार हालसम्म विश्वभरमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ करोड ४९ लाख ६५ हजार २ सय ३६ पुगरेको छ। गत २४ घण्टामा मात्र ५ लाख ४५ हजार २ सय ७५ कोरोनाका संक्रमित थपिएका छन्।

विश्वका करिव २ सय बढी देशमा फैलिएको कोरोनाका कारण १८ लाख ४२ हजार ९ सय ९ जनाले ज्यान गुमाएका छन्। गत २४ घण्टामा मात्र विश्वभरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार १ सय ११ पुगेको छ। सबैभन्दा बढी अमेरिकामा २ हजार बढीले ज्यान गुमाएका छन्। अमेरिकामा हालसम्म विश्वकै अत्याधिक ३ लाख ५८ हजार ६ सय ५५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छ।

विश्वमा सबैभन्दा बढी कोरानाका संक्रमित भएको देशमा पनि अमेरिका पहिलो नम्बरमै आउछ। अमेरिकामा हालसम्म २ करोड ९ लाख २ हजार ९ सय ९६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। अमेरिकामा गत २४ घण्टामा मात्र २ लाख २८ हजार ६ सय १५ कोरोनाका संक्रमितहरु थपिएका हुन्। हालसम्म अमेरिकामा ८१ लाख ८४ हजार ५१ कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

अमेरिकापछि भारतमा सबैभन्दा बढी कोरोनाका संक्रमितहरु भेटिएका छन्। करिव १ सय ३५ करोड जनसंख्या रहेको भारतमा हालसम्म १ करोड ३ लाख २४ हजार ६ सय ३१ जना कोरोनाका संक्रमितहरु रहेका छन्। गत २४ घण्टामा मात्र भारतमा २१ हजार २ सय २२ कोरोनाका संक्रमितहरु थपिएका छन्। हालसम्म भारतमा १ लाख ४९ हजार ४ सय ७१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

कोरोनाबाट बढी प्रभावित हुने देशहरुमा ब्राजिल तेस्रो नम्बरमा आउछ। ब्राजिलमा हालसम्म १ लाख ९५ हजार ७ सय ४२ को कोरोनाका कारण ज्यान गएको छ। भने ७७ लाख १६ हजार ४ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा १५ हजार ८ सय २७ कोरोनाका संक्रमितहरु थपिएका छन्।

गत २४ घण्टामा यूकेमा ५७ हजार ७ सय २५, रसियामा २६ हजार ३ सय १, दक्षिण अफ्रिकामा १५ हजार २, इटाली, कोलोम्बीया, म्याक्सीको र टर्कीमा ११ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। यस्तै, नेदरल्याण्ड र जर्मनीमा ८ हजार भन्दा धेरै, पोल्याण्ड, इजराईल र इरानमा ६ हजार बढी र युक्रेन र अर्जेन्टिनामा ५ हजार कोरोनाका संक्रमितहरु थपिएको वल्र्डोमिटरले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *