श्मशान घाटमा दुर्घटना हुँदा अन्तिम संस्कारमा गएका २३ जनाको मृत्यु
नयाँ दिल्ली (एजेन्सी)। भारतको उत्तर प्रदेशमा आइतबार भएको एक दुर्घटनामा २३ जनाको मृत्यु भएको छ। एक् व्यक्तिको अन्तिम संस्कारमा श्मशान घाट गएकाहरु श्मशान घाटको ढलान भत्किँदा त्यसमा पुरिएका छन्।
भारतीय सञ्चार माध्यमहरुका अनुसार उत्तरप्रदेशको गाजियावादको मुराद नगरमा यो दर्दनाक दुर्घटना भएको हो। घटनापछि उत्तर प्रदेशका मुख्यमन्त्री यागी आदित्यनाथले घटनाको छानविन गर्न आदेश दिएका छन्।
समाचार अनुसार तीन महिना अगाडि ढलान गरिएको सो ढलान हल्का वर्षा भएपछि भत्किएको हो। समाचार अनुसार सो श्मशान भवन बनाउने एक स्थानीय ठेकेदार फरार छन्। स्थानीयहरुले ढलानमा धेरै बालुवाको प्रयोग भएकाले यो घटना भएको बताएका छन्। प्रहरीले क्रिमिनल ल अनुसार मुद्दा चलाइने बताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।







डिसी नेपाल








Facebook Comment