इरानले नियन्त्रणमा लियाे दक्षिण कोरियाको ट्यांकर
काठमाडौं । इरानले दक्षिणकोरियाको झण्डा अंकित ट्यांकरलाई नियन्त्रणमा लिएको छ । गल्फ क्षेत्रबाट उक्त ट्यांकरलाई इरानको रिभोलुस्नरी गार्डले सोमबार नियन्त्रणमा लिएको हो ।
दक्षिण कोरियाको बैंकमा रोकिएको इरानी फण्डको विषयमा तेहरान र सियोलबीच तनाव बढीरहेको बेल इरानले कोरियाको ट्यांकरलाई नियन्त्रणमा लिएको हो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार कोरियाले पनि उक्त कुराको पुष्टि गरेको छ र चाँडो भन्दा चाँडो छाडिदिन माग गरेको छ । इरानले यो भन्दा पहिला पनि केही बेलायती ट्यांकरलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment