भारत लैजान लागेका तीन किशोरीको उद्धार
काठमाडौं। भारत लैजाने क्रममा सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका तीन किशोरीलाई उद्धार गरिएको छ। उनीहरुलाई पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले मंगलबार उद्धार गरेको हो।
ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थियो। उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेको छ। माइती नेपाल पशुपतिनगरका होम खतिवडाका अनुसार उद्धार गरिएका तीनैजना किशोरीको परिवारलाई बोलाएर उनीहरूलाई जिम्मा लगाइएको छ।
सङ्खुवासभा घर भई हाल काठमाडौँ बस्दै आएकी लाचेन शेर्पाले ती किशोरीलाई काठमाडौँमा जागिर लगाइदिने आश्वासन दिँदै एक हप्ता काठमाडौँ लगेर राखेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ।
शेर्पाले भारतस्थित दार्जिलिङमा काम खोजिदिएको र महिनाको नौ हजार रुपैयाँ तलब हुने जनाउँदै एक व्यक्तिलाई फोन गरेर बोलाएर उनीकै साथमा दार्जिलिङ पठाएको सोधपुछको क्रममा खुलेको छ। पछिल्लो समय इलामको सीमावर्ती नाकाबाट मानव वेचविखन हुने क्रम बढ्दै गएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment