रियल सोसीडाडमाथि जीत निकाल्दै बार्सिलोना फाइनलमा

डिसी नेपाल
१ माघ २०७७ १३:५७
124
Shares

काठमाडौं । बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा रियल सोसीडाडमाथि ३–२ को जीत निकाल्दै वार्सिलोना सिजनको पहिलो उपाधी नजिक पुगेको हो ।

खेलको पहिलो हाफमा वार्सिलोनाले १ गोलको अग्रता लिएता पनि दोस्रो हाफ भने गोल खानबाट आफूलाई बचाउन सकेन । ९० मिनेटको समाप्तीसँगै १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा दुवै टोलीले खेल जित्ने प्रशस्त अवसरहरु पाएपनि त्यसको फाइदा भने उठाउन सकेनन् । खेलको अन्त्यतिर सोसीडाडका अदनान जानुजाजको पासमा ओया राज्बालको प्रहार बाहिरिंदा खेल टाइब्रेकरमा गएको हो । टाइब्रेकरको अन्तिम प्रहारमा वार्सिलोनाका रिकी पुजले गोल गर्दै ३–२ को जीत पक्का गरेपछि वार्सिलोना विजयी भएको थियो । वार्सिलोनाले फाइनलमा एथ्लेटिकक बिब्लाओ र रियल मेड्रिडको विजेतासँग खेल्नेछ । एथ्लेटिक र मड्रिड भने फाइनल प्रवेशका लागि आज राति आमनेसामने गर्दैछन् । वार्सिलोना भने १४औं पटक स्पेनिस सुपर कप उपाधी उचाल्ने दाउमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.